२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट



अ+ अ-

काठमाडौं । एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट गरिने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले प्रेस विज्ञप्ति निकाल्दै इन्डोनेसियामा यहि सेम्टेम्बर १५ देखि २२ सम्म हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगिताको लागि खुल्ला छनोट गर्ने भएको छ ।खुल्ला छनोट बुधबार हुँदैछ ।

खुल्ला छनोटबाट समान ४–४ महिला पुरुष खेलाडी अर्को चरणको लागि छनोट हुने छन् । छनोट भएका आठ खेलाडी र ४०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तिम १६ मा पर्न सफल महिला तथा पुरुष खेलाडी गरी अन्तिम चरणमा ४० जना खेलाडीको सहभागिता रहनेछ ।

यो अन्तिम राउण्डबाट तीन महिला र तीन पुरुष गरी ६ जना खेलाडीले इन्डोनेसियामा हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगितामा भाग लिने छन् ।