११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विकासका योजनामा नागरिक निगरानी आवश्यक

विकासका योजनामा नागरिक निगरानी आवश्यक
अ अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा नागरिक स्तरबाट खबरदारी र निगरानी आवश्यक रहेको बताउएका छन् । उनलेले विकास निर्माणका लागि आएको बजेटको सही सदुपयोग र आयोजनाको गुणस्तरीयताका लागि नागरिकस्तरबाट निरन्तर निगरानी आवश्यक रहेको पनि बताए ।

बुटवल उपमहानगरपालिका–१० मा बुटवल कालिका क्याम्पसको निर्माण गरिने भवनको आज आयोजित शिलान्यास कार्यक्रममा महासचिव पौडेलले आयोजनाहरुको कार्यान्वयनमा आवश्यक निगरानी पुग्न नसकेका कारण गुणस्तरीयता र समयमा काम सम्पन्न नहुने तथा लागतसमेत बढेर जाने अवस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिए ।

रुपन्देहीको विकासका लागि आफू सधैँ अग्र भागमा रहेर काम गर्न तयार भएको बताउँदै उहाँले आफूले चालू आवमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट शैक्षिक संस्थाहरुको पूर्वाधारका लागि लगानी गर्ने योजना बनाएको जानकारी दिए ।

महासचिव पौडेलले कालिका क्याम्पसले आगामी दिनमा यस क्षेत्रका लागि गुणस्तरीय, जीवनपयोगी शिक्षाका लागि विश्वसनीय शिक्षण संस्थाका रुपमा पहिचान स्थापित गर्नेमा विश्वास व्यक्त गरे । उहाँले क्याम्पसको पूर्वाधारलगायत शैक्षिक विकासमा आफ्नो तर्फबाट पूर्ण योगदान रहने समेत स्पष्ट पारे ।

उहाँले रुपन्देहीको विकासका लागि ठूलासाना दर्जनौं आयोजनाका काम चलिरहेको र यस क्षेत्रको विकासको कामलाई थप उचाइमा पु¥याउन आवश्यक पर्ने आयोजनाहरुका विषयमा छलफल गरेर अघि बढनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले शैक्षिक बेरोजगारको अवस्थाबाट मुक्ति दिलाएर दक्ष तथा आवश्यक जनशक्ति उत्पादनतर्फ जोड दिन सकिए मात्र मुलुकको समृद्धि सम्भव रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शैक्षिक केन्द्रका रुपमा रहेको बुटवलको शैक्षिक विकासका लागि उपमहानगरले प्राथमिकता दिएको बताए । करीब रु २० करोडको लागतमा बुटवल उपमहानगरपालिका–१० मा निर्माण हुने क्याम्पस भवन आगामी १८ महीनामा निर्माण सम्पन्न हुने क्याम्पसका प्राचार्य घनश्याम पाठकले जानकारी दिए ।