७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीमा पानीको बहाव बढ्यो



अ+ अ-

कञ्चनपुर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन् ।

पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ । त्यसैगरी लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ । बजार क्षेत्रमा पानीको निकास नहुँदा खहरे खोलाको पानी बस्तीमा पस्दा सब्जीमण्डी पुरै जलमग्न भएको स्थानीय व्यापारीको भनाइ थियो ।