२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु



अ+ अ-

त्रिपोली । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए । आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उहाँले जानकारी दिए ।

ओमारले मारिएका सबै व्यक्ति सर्वसाधारण रहेका र उनीहरुको कुनै पनि लडाकू समूहसँग आबद्धता नरहेको बताए । राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले आक्रमणको भत्र्सना गर्दै आक्रमणमा जिम्मेवारलाई सख्त कारबाही गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।

गत फेब्रुअरीदेखि मुर्जुकलाई नियन्त्रणमा लिइरहेका पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले मुर्जुकमा सक्रिय चाडका लडाकूहरुमाथि हवाई आक्रमण गरिरहेको तर मुर्जुकका स्थानीयबासीलाई लक्षित नगरिएको जनाएको छ ।

लिबियाको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा ल्याउन हफ्तार नेतृत्वको विद्रोही सेनाले भिषण युद्ध गरिरहेको छ । यस द्वन्द्वबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । आक्रमणमा झण्डै छ हजार घाइते भएका छन् भने एक लाख २० हजारभन्दा बढी विस्थापित भएका छन् ।