२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी



अ+ अ-

मापुतो । मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ ।

सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ । मुलुकमा दिगो शान्ति स्थापनाका लागि दुई समूहबीच यो तेस्रो सम्झौता हुनेछ । मोजाम्बिकका राष्ट्रपति फिलिपे न्यूसी र रेनामो नेता ओस्सुफो मोमाडेबीच गत बिहीबार दुबै पक्षबाट सैन्य कारबाही अन्त्य गर्ने समझदारी भएको थियो ।

आगामी अक्टोबर १५ मा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा यो सम्झौता हुन लागेको हो । यो सम्झौता गराउन रेनामोका नेता अफोन्सो ढ्लाकामाले पनि लामो समयदेखि प्रयत्न गर्नुभएको थियो तर उहाँको गत वर्ष निधन भएपछि अन्यौल बढेको थियो ।

गरिबीको चपेटामा परेको दक्षिण अफ्रिकी मुलुक मोजाम्बिकमा राष्ट्रपति र संसदको निर्वाचन हुने गरेको छ । विगत ४० वर्षदेखि मुख्य सत्तारुढ पार्टी फ्रेलिमो नै लगातार विजयी हुँदै आइरहेको छ ।
सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएलगत्तै फ्रेलिमो सरकार विरुद्ध रेनामोले १६ वर्षसम्म शसस्त्र संघर्ष गरेको थियो । यस हिंसात्मक द्वन्द्वमा करिब दश लाखको ज्यान गएको थियो ।

तर सन् १९९२ को शान्ति सम्झौतापछि विद्रोही समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । इटालीको रोममा सम्झौता भएपछि सन् १९९४ मा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाका आधारमा संसदको निर्वाचन भएको थयो ।

रेनामो उक्त चुनावमा पराजित भयो । रेनामोले चुनावमा लगातार पराजय भोगे पनि मोजाम्बिकको मुख्य विपक्षी पार्टीका रुपमा स्थापित छ । अक्टोबर २०१३ मा रेनामोले सन् १९९२ को शान्ति सम्झौता अन्त्य भएको घोषणा गरेको थियो ।

सरकारी सैनिकले रेनामोका सैनिक अखडामा आक्रमण गरेको रेनामोले आरोप लगाएको थियो ।रेनामोका सैनिक र सरकारी फौजबीच सन् २०१३ देखि २०१६ सम्म पुनः युद्ध भयो । गृहयुद्धको अन्त्य र रेनामो पार्टीले आफूलाई राजनीतिक दलका रुपमा रुपान्तरण गरेपनि रेनामोले लडाकू सेना यथावत राखेको थियो ।

गत साता रेनामोले पुनः आफ्ना लडाकू सेनालाई बिघटन गर्न थालेको छ । सम्झौतामा कतिपय विद्रोही लडाकूलाई राष्ट्रिय सेना र प्रहरीमा समाहित गरिनेछ भने कतिपयलाई स्वतन्त्र राखिनेछ ।

करिब पाँच हजार २०० जना रेनामो लडाकूले सरकारसमक्ष हातहतियार समर्पण गर्नेछन् । यस ऐतिहासिक सम्झौता समारोहमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित हुने कार्यक्रम छ ।