७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा र कांग्रेसका नेताहरु समाजवादी पार्टीमा प्रवेश



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

काँग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा नेता कार्यकर्ता काँग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा मङ्गलबार आयोजित समारोहमा सदानन्द पाठक, दिपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, इन्दिरा शाक्य लगायतका समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।

नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेका उनीहरु बताएका छन् ।