२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चाको मृत्यु भएको विषयलाई लिएर ग्राण्डीमा प्रदर्शन



अ+ अ-

काठमाडौं । उपचारका क्रममा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन् ।

गोल्फुटारकी निशा तामाङले २० असारमा जुम्ल्याह बच्चा जन्माएकी थिइन्, जसमध्ये एकको साउन ६ गते मृत्यु भएको छ ।

अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको बताएको छ तर परिवार यसलाई मान्न तयार छैन ।चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको परिवारको दाबी छ ।

सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेको र डाक्टर र नर्सको लापरवाहीको कारण मृत्यु भएको निशाका श्रीमान् दोर्जेको आरोप छ ।

उनीहरूले बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई आग्रह गरेका थिए तर, सुनुवाइ नभएका कारणा आन्दोलन गर्न बाध्य भएको दोर्जेले बताए ।

दोर्जेकाअनुसार एउटा बच्चाको मृत्यु भएपछि उनीहरुले अर्को बच्चालाई इशान बाल अस्पताल पुर्‍याएका थिए ।