२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसदलाई पूर्वप्रधानमन्त्री भट्टराईको बस्ने कुर्सीको चिन्ता



अ+ अ-

काठमाडौं । मंगलबारको संसद बैठकमा नेकपा सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बस्ने स्थानबारे प्रश्न उठाएका छन् ।

सांसद खतिवडाले प्रश्न गरे, ‘पूर्वप्रधानमन्त्री माननीय डा। बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले व्यवस्थापन ठीक नगरेको हो ?’

उनले अघि भने ‘या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो, त्यसकारण पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु ।’

सत्तारुढ नेकपा सांसदले आफ्नो स्थानबारे प्रश्न उठाउँदा डा. भट्टराई भने मुसुमुसु हाँसिरहेका थिए ।

तर संसद बैठक सञ्चालन गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भने निर्वाचन आयोगले पार्टी एकीकरण भएको जानकारीसहित पत्राचार नगरेकाले डा. भट्टराई पुरानै स्थानमा बसेको बताइन् ।

तत्कालीन संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकार छ । पार्टीका सांसदहरु सत्तापक्षको सिटमा बस्छन् ।तर संघीय परिषदका अध्यक्ष भट्टराई स्वतन्त्र सांसद बस्ने स्थानमै बसिरहेका छन्