९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा दुई शव फेला



अ+ अ-

लमजुङ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो । सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

रुकेशलाई भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजु नाताकी कुमारी विकले बताईन् । मृतक विकास करीब चार महीनादेखि गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो ।

खुदी जाने भनेर हिँडेका दुवैकोे शव भेटिएपछि कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् । प्रहरी निरीक्षक पाण्डेले भने, “उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने बताए ।

सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ ।