७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओमानमा टी-२० क्रिकेट सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ ।

ओमानले टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पाँच देशको सहभागितामा यहि अक्टोबरमा टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ । यो सिरिजमा नेपालले पनि भाग लिन लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

विश्वकपको ग्लोबल छनोटमा पुग्ने टिमलाई समेटेर सिरिज आयोजना गर्ने ओमानको योजना थियो । तर, नेपाल भने विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल बन्यो । सिरिजमा आयोजक ओमानसँगै आयरल्यान्ड, नेदरल्यान्ड र हङकङ छन् । त्यस्तै, नेपालले पनि खेल्ने टुंगो लागेमा पाँच राष्ट्र हुनेछन् ।

तर नेपालले खेल्ने नखेल्ने विषयको टुंगो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाउने छ ।