७ पुष २०८२, सोमबार
,
Latest
माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी–देवघर साइकल यात्रा



अ+ अ-

सप्तरी । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ दिनमा ३३८ किलोमिटरको यात्रा तय गर्दै देवघर पुग्नेछन् ।

बाद्यवादन सामग्रीका साथ हिँडेको टोलीले मैथिली लोकगायन, परम्परा एवं शैलीको आदानप्रदान गर्नुका साथै नेपाल र भारतको विभिन्न राज्यमा बोलिने मैथिली भाषाबीचको समानताबारे ठाउँठाउँमा विचार मन्थनसमेत गर्ने मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसीले बताए ।

प्रतिष्ठानको आयोजना र मैथिली साहित्य परिषद्को सहयोगमा आरम्भ भएको मैथिली अभियानकर्मी सम्मिलित टोलीको यात्राले विश्वकै सरल, मिठास एवं समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचारप्रसार गर्दै मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा जागरण ल्याउने अपेक्षा गरिएको छ ।