२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्ड राज्यमा विद्यालयको बस खाल्डोमा खस्दा ९ बालबालिकाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका छन् ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो ।

एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ ।

प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्दै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।