२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय दिनुपर्ने महिला आयोग आफै अन्यायमा : सांसद ढकाल



अ+ अ-

काठमाडौं । राजपाकी सांसद नरमायाँ ढकालले महिलालाई न्याय दिनुपर्ने दायित्व बोकेको राष्ट्रिय महिला आयोग आफै सरकारसँग न्याय माग्दै हिँड्नुपरेको बताउनुभएको छ ।

देशमा महिलामाथि दिन प्रतिदिन हिंसा बढिरहेको छ, बलात्कार लगायतका जघन्य अपराधहरु दिनदिनै भएका छन् तर पनि यस्तो अवस्थामा महिलालाई सहयोग गर्नुपर्ने महिला आयोग पदाधिकारीबिहीन हुँदा यस आयोगले नै न्याय माग्दै हिँडेको हो कि जस्तो भान भएको छ– उहाँको भनाई थियो ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद ढकालले गएको दुई वर्षदेखि यो आयोग आफै पदाधिकारीबिहीन भएर रहनुले महिलाका विषयहरुप्रति सरकारको प्राथमिकता के कति छ भन्ने कुरा छर्लङ्ग भएकोे उहाँले बताउनुभयो ।

यो अवस्थाले सत्तारुढ दलका बीचमा कहाँनेर भागबण्डा मिलेन भन्ने विषय पनि खुलेर जनतासामु बाहिरिएको उहाँको आरोप थियो ।
सरकारले केही समयअघि गठन गरेका विभिन्न सात ओटा आयोगले पदाधिकारीबाहेक अरु कर्मचारी पाउन नसकेका र यसका कारण सरकारको लाजमर्दाे अवस्था देखिएको पनि उहाँले आरोप लगाउनुभयो ।
उहाँले ती आयोगले कर्मचारी र महिला आयोगले पदाधिकारी कहिले पाउँछन् सरकार भनेर सभामुख समक्ष प्रश्न गर्नुभयो ।

सांसद ढकालले गृहमन्त्रीले धेरै पहिला संसदमा नै निर्मला हत्या प्रकरणका अपराधी पत्ता लागेको जानकारी दिएको भए पनि अहिलेसम्म किन सार्वजनिक गर्न नसकेको हो भनी प्रश्न गर्नुभयो ।

उहाँको प्रश्न थियो– गृहमन्त्रीले नै हत्यारा पत्ता लागेको जानकारी यही सदनमा दिनुभएको थियो तर ती अपराधी सार्वजनिक गर्न सरकारलाई केले रोकेको छ ? कि सरकार नै हत्यारासँग डराएको हो ?




भर्खरै