७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

करीब छ लाख मूल्य बराबरको मरिच बरामद



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब रु पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मटिहानी नपा–८ बस्ने रहिम लहेरीको घरबाट २५० किलोे, त्यस्तै जवान दर्जीको घरबाट ४७५ किलो र हकिम दर्जीको घरबाट २२५ किलो मरिच बरामद गरेको जनाएको छ । बरामद मरिच आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।