२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दी भाइरल बिरामी भएपछि उपचार शुरु



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ ।

शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ ।

एक सय त्रिहत्तर कैदीबन्दीसहित तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको प्रजिअ खड्काले बताउनुभयो । कैदीबन्दीको उपचारमा निःशुल्क औषधि र केही औषधि खरीद गरी ल्याएर प्रयोग गरिएको र अहिले उनीहरूको अवस्था सामान्य बन्दै गएको छ ।

शुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट शुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला पर्न थालेका थिए ।

५० कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार उदयपुरमा हाल १७३ कैदीबन्दी राख्न बाध्य हुनुपरेको र उनीहरूले पिउने पानी प्रदुषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले बताएको छ ।