७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्टइण्डिजमाथि भारतको क्लिन स्विप, चाहर र पन्तको शानदार प्रर्दशन



अ+ अ-

काठमाडौं । भारतले वेष्टइण्डिजलाई अन्तिम टी–२० मा हराएको छ र तीन म्याचको सिरिज क्लिन स्विप गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि किरन पोलार्डले सर्वाधिक ५८ रन बनाए । उनले एक चौका र छक्का हानेका थिए ।

उनको विस्फोटक पारी अघि भारतका दीपक चाहरले ३ ओभरमा ४ रन खर्चिएर तीन विकेट लिएका थिए ।

जवाफमा मैदान उत्रिएको भारतले अन्तिम ५ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात भने खराब थियो । मात्र २७ रन जोड्दा केएल राहुल र शिखर धवन आउट भइसकेका थिए ।

कप्तान कोहली र पन्तले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै पारी सम्हाले । कोहलीले ५९ रन बनाए भने पन्त ६५ मा अविजित रहे ।