२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्टइण्डिजमाथि भारतको क्लिन स्विप, चाहर र पन्तको शानदार प्रर्दशन



अ+ अ-

काठमाडौं । भारतले वेष्टइण्डिजलाई अन्तिम टी–२० मा हराएको छ र तीन म्याचको सिरिज क्लिन स्विप गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि किरन पोलार्डले सर्वाधिक ५८ रन बनाए । उनले एक चौका र छक्का हानेका थिए ।

उनको विस्फोटक पारी अघि भारतका दीपक चाहरले ३ ओभरमा ४ रन खर्चिएर तीन विकेट लिएका थिए ।

जवाफमा मैदान उत्रिएको भारतले अन्तिम ५ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात भने खराब थियो । मात्र २७ रन जोड्दा केएल राहुल र शिखर धवन आउट भइसकेका थिए ।

कप्तान कोहली र पन्तले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै पारी सम्हाले । कोहलीले ५९ रन बनाए भने पन्त ६५ मा अविजित रहे ।