७ पुष २०८२, सोमबार
,
Latest
मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप



अ+ अ-

काठमाडौं । एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको छ ।

विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमण गरेर उक्त रकम चोरी गरेको दाबी गरेको हो ।

बीबीसीका अनुसार उसले उक्त रकम आफ्ना हातहतियार परियोजनाका लागि जुटाएको बताएको छ । उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेको छ।

यस्तो विवरण सार्वजनिक भइरहेको बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको क्रम जारी छ। कोरियाली प्रायः द्वीपमा तनाव जारी छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चेनावनी दिने उद्देश्यले नेता किम जङ-अनले पछिल्ला क्षेप्यास्त्र परीक्षणहरू गराएका हुन्।

समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। त्यो दुई हप्ताको अवधिमा गरिएको चौथो परीक्षण हो।

त्यसमा किमले क्षेप्यास्त्र परीक्षणमार्फत् संयुक्त सैन्य अभ्यासमा जुटेका अमेरिका र दक्षिण कोरियालाई पर्याप्त चेतावनी गएको बताएका छन्।