७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटी निकासीलाई सहज बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश



अ+ अ-

काठमाडौं । जडिबुटी निकासीलाई सहज बनाउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिबुटी निकासी सहज बनाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

सांसद रंगमती शाहीको यो प्रस्तावमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही समर्थक छन् ।

क्वारेन्टाइनसम्बन्धी व्यवस्थाका कारण जडिबुटी निकासीमा पनि अवरोध उत्पन्न हुने गरेको छ । अवरोधका कारण संकलित जडिबुटी खेर जाने र नेपालीको रोजगारीलाई प्रभाव पर्ने गरेकाले यसमा छलफल गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।

सांसद शाहीले भनिन्, ‘क्वारेन्टाइनको समस्याका कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न यसमा छलफल आवश्यक छ ।’