९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तोलामा १५ सयले बढ्यो, यस्तो छ आजको मूल्य



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। बुधबार सुन तोलामा १५ सयले बढेर अहिलेसम्मकै महंगो भएको छ।आज सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भयो। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँ कायम भएको छ।

सुन भाउ निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको छ।