२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित दुई जना पक्राउ



अ+ अ-

पर्सा । पर्साबाट सुरक्षा निकायले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका ९ बिश्रामपुर टोलका ४० बर्षका नैमोदिन देवान र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ९ का २६ बर्षका सम्राट तामाङलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका देवानको साथबाट लागु औषध गाँजा १ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीको टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा १७ तिलावे पुलबाट नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले बुधबार बिहान वीरगञ्ज महानगरपालिका १६ भन्सार मूलगेटबाट सम्राटलाई नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ४५ वटा तयारी लागु औषध बरामद गरेको थियो ।

तामाङको साथबाट डाइजेल्याव, नोफिन र फेनारगन १५.१५ एम्पुल गरी ४५ एम्पुल लागु औषध बारामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।उनलाई आवश्यक कारबाही प्रक्रियाका लागि लागु औषध नियन्त्रण व्युरो, कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।