७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित दुई जना पक्राउ



अ+ अ-

पर्सा । पर्साबाट सुरक्षा निकायले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका ९ बिश्रामपुर टोलका ४० बर्षका नैमोदिन देवान र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ९ का २६ बर्षका सम्राट तामाङलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका देवानको साथबाट लागु औषध गाँजा १ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीको टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा १७ तिलावे पुलबाट नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले बुधबार बिहान वीरगञ्ज महानगरपालिका १६ भन्सार मूलगेटबाट सम्राटलाई नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ४५ वटा तयारी लागु औषध बरामद गरेको थियो ।

तामाङको साथबाट डाइजेल्याव, नोफिन र फेनारगन १५.१५ एम्पुल गरी ४५ एम्पुल लागु औषध बारामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।उनलाई आवश्यक कारबाही प्रक्रियाका लागि लागु औषध नियन्त्रण व्युरो, कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।