२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम: मेघ गर्जनसहित बर्षा हुने पूर्वानुमान



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान देशको पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख गरेको छ ।

बुधबार दिउँसो देशका पूर्वी र मध्य भू–भाग, पश्चिमी भू–भागमा आंसिक देखि सामान्य बदली हुने विभागले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू–भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।