७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यका सबै निकायमा ३३ प्रतिशत महिला पुर्याउने प्रतिबद्धता



अ+ अ-

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानको मर्मअनुसार राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनेतर्फ आफ्नो भूमिका केन्द्रीत रहने प्रतिबद्धता जनाएकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उत्तरको कार्यक्रम अन्तर्गत मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री थापाले राज्यका सबै संयन्त्र र निकायमा ३३ प्रतिशत पुर्याउनेतर्फ कानुन तर्जुमा भई लागू हुने अवस्थामा रहेको भन्दै सो व्यवस्था कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

सांसद उमा रेग्मीले राज्यका हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व नभएको भन्दै सो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले गरेका तयारी बारे प्रश्न गरेकी थिइन् ।

मन्त्री थापाले राज्यका अन्य कार्यकारी निकायमा पनि ३३ प्रतिशत पुर्याउने सवालमा कानुनहरु तर्जुमा भई लागू हुने क्रममा रहेको भन्दै सो व्यवस्थाको कार्यान्वयनका लागि आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् ।

सांसदहरु डिला संग्रौला पन्त र पुष्पा भुसाल गौतमले पुरक प्रश्न गर्दे ‘केन्द्रको मन्त्रिपरिषद्मा १२ प्रतिशतमात्रै महिला भएकाले ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्थालाई सरकारले मान्नुपर्ने कि नपर्ने ?’ भनी सोधेका थिए ।

जवाफमा मन्त्री थापाले समाजमा विद्यमान विभिन्न कुरीति कू–संस्कार अन्त्यका लागि स्थानीय तहमा नै सचेतना अभियान सञ्चालन गर्ने गरिएको स्पष्ट पारिन् । हिंसाको रुपहरुको पहिचान गरि सम्बोधन गर्दै लैजाने तयारी मन्त्रालयले गरिरहेको पनि उनको भनाई छ ।