९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुबिसुको कार्यालयमा लागेको आगलागी नियन्त्रणमा, सेवा अवरुद्ध



अ+ अ-

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार मध्यान्ह पौने १ बजे आगलागी भएको थियो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना ्र दमकलहरु प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ ।आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।