७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियाबाट मह निकासीको पहल



अ+ अ-

दार ए सलाम । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ ।

आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ । विभागका कार्यकारी अधिकृत डोस सान्तोस सिलायोले यसै वर्षको अन्त्यतिर शुरु हुने नयाँ परियोजनामा लगानी गर्न युरोपेली संघले सहमति जनाएको बताए ।

कार्यक्रम अनुसार मौरीपालनका लागि आधुनिक घार उत्पादन गर्न र मह उत्पादनका लागि रणनीतिक महत्वका क्षेत्रमा संकलन केन्द्रहरु बढाउन अध्ययन भइसकेको छ ।सिलायोले तान्जानियाली मह युरोपेली मुलुकहरु, संयुक्तराज्य अमेरिका र एसियाली मुलुकहरुमा निकासीका लागि स्वीकृत भइसकेको जानकारी दिए ।

उनले भने, “हाम्रो विश्वास छ सरकारी वनक्षेत्रमा बढ्दै गएको मौरीपालनले वन क्षेत्रको संरक्षणमा पनि योगदान दिने हामीले ठानेका छौं ।”