९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक मिकी अर्थरसहित तीनजनाको सम्झौता नवीकरण नगर्ने



अ+ अ-

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक मिकी अर्थरसहित तीनजना प्रशिक्षकको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक अर्थर, बलिङ प्रशिक्षक अजहर मोहमद, ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र ट्रेनर ग्रान्ट लुडेनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

दक्षिण अफ्रिकी प्रशिक्षक अर्थरकै प्रशिक्षणमा पाकिस्तानले विश्वकप क्रिकेट खेलेको थियो । तर पाकिस्तानले विश्वकपको लिग चरण पनि पार गर्न सकेन ।

मुख्य प्रशिक्षक अर्थरकै प्रशिक्षण कालमा सन् २०१७ मा पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दै आईसीसी च्याम्पियनसिप ट्रफि जितेको थियो । पाकिस्तान क्रिकेट बोर्डले नयाँ मुख्य प्रशिक्षक र बलिङ, ब्याटिङ प्रशिक्षक भित्र्याउन यस्तो निर्णय लिएको हो ।