२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको तीन जना कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । केन्द्रीय सदस्य श्यामबहादुर बोहरा ‘अटल’ सहित तीनजना पक्राउ परेका हुन् ।

उनीसँगै अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरा पनि पक्राउ परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।