७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१५ साफ च्याम्पियनसिपको नेपाली फुटबल टिम घोषित



अ+ अ-

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । भारतको कल्यानी रंगशालामा यही २१ अगष्टबाट ३१ अगष्टसम्म सञ्चालन हुने प्रतियोगिताको लागी टोली घोषणा गरीएको हो ।

पाँच देशको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।

राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ ।

नेपाली टीम
गोलकिपर —ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी

डिफेन्डर –प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर —जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्ड क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा ।