९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई विदेश पलायन हुन नदिन कृषिमा आधुनिकीकरण जरुरी छः शाह



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले युवालाई विदेश पलायन हुन बाट रोक्न कृषिमा आधुनिकीकरण हुनु पर्ने बताएका छन्।

युवा,लोकतन्त्र र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषिमा सरकारले ध्यान दिन नसकेको शाहले जिकिर गरे।

उनले कृषि प्रधान मुलुकमा आयात बढ्दै जानू र निर्यात घट्दै जाने कुराले मुलुकमा समृद्धि नआउने पनि उल्लेख गरे। शाहले मुलुकमा युवालाई स्थान दिएर बिकाश निर्माणका कार्यमा सहभागी बनाउन नसक्ने हो भने देश आर्थिक रुपमा कम्जोर हुने र देशमा आर्थिक संकट आउने आसंका पनि गरे।

अन्तरक्रियामै शाहले पर्यटनलाई पनि उद्योगको रुपमा बिकाश गरे युवाले बेरोजगार हुनु नपर्ने बताएका छन्।