७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली



अ+ अ-

खलङ्गा । विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो ।

महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि रु २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरीद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।

बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ ।