७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची सुरु भएपछि २४ पटक मन्त्री फेरिएपनि अब २५ औं पटक फेरिन्नः मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं आउनुअघि मन्त्री नफेरिने दाबी गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले मेलम्ची सुरु भएदेखि अहिलेसम्म २४ पटक मन्त्री फेरिएपनि अब भने नफेरिने जिकीर गरिन्।

संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउने बताइन्। ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एकजना माननीयज्यूले गर्नुभएको छ’ उनले भनिन्, ‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पिडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं ।


काम छाडेर हिँडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका नभएको बताइन ।उनले भनिन्, ‘त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्यो ।’

मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर् याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताइन्।देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् ।

उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाइरहेको स्पष्ट पारिन् । मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रूत गति (स्पीड) मा अघि बढाउने बताइन् ।