१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई १५ दिनसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

धनुषा । आमाको सहयोगमा १२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–९, पशुपतिनगर ४० वर्षका सियाराम महतो रहेका छन् ।

घटनापश्चात महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोलकी बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गएको असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

उनका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।




भर्खरै