७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु



अ+ अ-

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम चम्पारनका अन्दाजी ४२ वर्षीय सत्यनारायण दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार दासलाई काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्‍याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ ।