२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाब्वे : ५० लाख मानिस भोकमरीको चपेटामा, डब्ल्यूएफपीद्वारा मद्दतको अपिल



अ+ अ-

काठमाडौं । जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ ।


कुनै समय खाद्यान्नको सम्पन्न जिम्बाब्वे पछिल्लो केही वर्षदेखि खाद्यान्नको समस्याबाट ग्रसित छ । अधिकांश मानिसहरु संकटमा छन् र भोकमरीतर्फ बढिरहेका छन् । जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ । सुक्खाका कारण अन्नपात नराम्रोसँग प्रभावित भएका छन् भने खाद्यान्नको मूल्यमा पनि निकै बढोत्तरी भएको छ । विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ ।


डब्ल्यूएफपीका प्रमुख डेभिड बीज्लेले भने, ‘हामीहरु भोकमरीको चपेटामा परेका मानिसहरुको बारेमा कुरा गरिरहेका छौँ । यदि हामीले उनीहरुको लागि मद्दत जुटाउन सकेनौँ भने उनीहरुको अवस्था झन् नाजुक हुन्छ ।’ उनका अनुसार जिम्बाब्वे अभूतपूर्व सुक्खाको सामना गरिरहेको छ । यो वर्षको सुरुवातमा इदाइ चक्रवातका कारण निकै असर पुगेको थियो ।

पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य पनबिजली प्लान्टुमा पनि असर पुगेको छ । जसका कारण पूरै देशको बिजुली आपूर्ति प्रभावित भएको छ ।

पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए ।

चक्रवातका कारण मालावी र मोजाम्बिक पनि प्रभावित भएको थियो र झण्डै ५ लाख ७० हजार नागरिक प्रभावित भएका थिए, जसमा दशौँ हजार मानिसहरु घरबारविहीन भएका थिए ।