२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजमा पार्टी प्यालेसमा दर खान निषेध, अटेर गरे कारवाही गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तीजमा पार्टी प्यालेसमा दर खान निषेध गरेको छ ।

प्रशासन काभ्रेपलाञ्चोकद्वारी जारी विज्ञप्तीमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न समेत चेतावनी दिएको छ ।तीजमा दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरेर मौलिकता संरक्षण गर्न कार्यालयले अपिल गरेको छ ।

कार्यालयको आग्रह बेवास्ता गरी क्रियाकला गरेको पाइए सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी जयबहादुर रानामगरले जानकारी दिए ।

आगामी भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म मानिने हरितालिका तीजमा यी गतिविधि नगरी सभ्यपूर्वक मनाउन अपिल गरेको हो ।