९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजमा पार्टी प्यालेसमा दर खान निषेध, अटेर गरे कारवाही गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तीजमा पार्टी प्यालेसमा दर खान निषेध गरेको छ ।

प्रशासन काभ्रेपलाञ्चोकद्वारी जारी विज्ञप्तीमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न समेत चेतावनी दिएको छ ।तीजमा दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरेर मौलिकता संरक्षण गर्न कार्यालयले अपिल गरेको छ ।

कार्यालयको आग्रह बेवास्ता गरी क्रियाकला गरेको पाइए सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी जयबहादुर रानामगरले जानकारी दिए ।

आगामी भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म मानिने हरितालिका तीजमा यी गतिविधि नगरी सभ्यपूर्वक मनाउन अपिल गरेको हो ।