७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ बालबालिकाको शव पोखरीमा भेटियो



अ+ अ-

जेङजाओ । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ । यतिखेर केही दिन यतादेखि चीनमा गर्मी बढेको कारण विद्यालय बन्द गरिएको छ । यही गर्मी र छुट्टीको समय पारेर विद्यार्थीहरु पौडी खेल्न स्थानीय खेला तथा पोखरीमा जाने गर्दछन् ।

यस कारण पनि यहाँका बालबालिकाको ज्यान जाने गरेको छ । स्थानीय नागरिकहरुले आफ्ना बालबालिकालाई स्थानीय खोला र पोखरीहरुमा पौडी खेल्न जान नदिन सूचना गर्ने गरेका भए पनि बालबालिका भने जाने गरेको र यस कारण उनीहरुको ज्यान जाने गरेको बताइन्छ ।

बुधबार रातिको दुर्घटनामा परी ज्यान गएका बालबालिका ५ देखि १२ वर्षको उमेरका छन् । उनीहरु तीन परिवारका थिए ।