२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुलाईमा चीनको निकासी सामान्य वृद्धि



अ+ अ-

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ ।

यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले बढेको छ । ब्लुमबर्ग न्यूजको सर्वेक्षणमा प्रक्षेपण गरिएको भन्दा यो करिब एक प्रतिशत बढी हो ।

चीनको समग्र अर्थतन्त्रको वृद्धि हाल ६.२ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो । तर चिनियाँ अर्थतन्त्रमा सुधारको सम्भावना अहिल्यै देखिन्न किनभने घट्दो आयातले चीनभित्रै मागमा कमी हुने संकेत देखिएका छन् ।

गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५.६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ । चीनको व्यापार बचत जुलाईमा ४.१ अर्ब अमेरिकी डलरमा झरेको छ, र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुबै मुलुकबीचको व्यापारिक सम्बन्धमा थप तिक्तता आएको छ ।

अमेरिकी कदमको विरोधमा उत्रिएको चीनले पनि आफ्नो मुद्रा युआनलाई अवमूल्यन गर्नुका साथै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ । जुलाईमा अमेरिकातर्फ चीनको निकासीमा ६.५ प्रतिशतले कमी आएको छ भने आयात पनि १९.१ प्रतिशतले घटेको छ ।