९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी टप्पु वन्यजन्तु आरक्षको घाँसे जंगलमा ४४ गाई गोरु मृत फेला



अ+ अ-

विराटनगर । सुनसरीको बराह नगरपालिका– ६ र ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा गाई गोरु मृत अबस्थामा फेला परेको छ ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली तथा जिल्ला पशु सेवा केन्द्र ईनरुवाबाट पशु चिकित्सकसहितको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।