७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी युनियनसम्बन्धी व्यवस्था खारेज गर्न साझा पार्टीको माग



अ+ अ-

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारी वेतनधारी कर्मचारीलाई युनियनबाजी गर्न दिएर कुनै पनि हालतमा देशले प्रगति गर्न नसक्ने भन्दै कर्मचारी युनियन खारेज गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यमान कर्मचारी युनियनहरू पूर्णरूपमा खारेज गर्न माग गरेका हुन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन ‘संघिय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धी विधेयक’को दफा १२० प्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको उक्त विज्ञप्तिमा जनाइएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक’ को दफा १२० मा ‘निजामती कर्मचारीको हक हितका लागि सामूहिक संवाद र सहमति गर्न तथा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एक आधिकारिक ट्रेड युनियन हुने’ व्यवस्था गरेको गरिएको छ । तर, साझा पार्टीले भने प्रस्तावित विधेयकको दफा १२० लाई पुरै हटाउन पर्ने जनाएको छ ।

उक्त व्यवस्थाले कर्मचारीलाई नागरिकको सेवामा भन्दा राजनीतिमा बढी अभिरुची पैदा गर्नेछ । क्षणिक राजनीतिक लाभको लागि कर्मचारीलाई राजनीतिमा तानेर फाइदा लिने राजनीतिक दलहरुको विगतलाई समिक्षा गर्दा निजामति सेवामा ट्रेड युनियन गठन गर्न दिनु भनेको अप्रत्यक्ष रुपमा कर्मचारीलाई दलीय विभाजनमा तान्ने दावी गरेको छ ।

सरकार समर्थक तथा प्रमुख प्रतिपक्षी दलमा रहेका केही सांसदहरुले समेत दफा १२० पुरै हटाएर कर्मचारी सेवालाई राजनीतिबाट मुक्त गर्न गरिरहेका वकालतको भने साझा पार्टी हार्दिक स्वागत गरेको छ ।उसले भनेको छ– ‘यो सवालमा आवश्यक परेमा संयूक्त विरोध तथा संघर्षको लागि समेत पार्टी तयार रहेको जानकारी गराउन चाहान्छौं।’