९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह गर्ने जोडिहरु प्रहरीको फन्दामा



अ+ अ-

भोजपुर । बहुविवाह गरेको आरोपमा अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो । टंककी जेठी श्रीमती अमृताको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए।

पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।