९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माफी माग्दै सरकारी जग्गाबाट कार्यालय हटाउन नेकपालाई कांग्रेसको आग्रह



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गाबाट आफ्नो कार्यालय हटाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा नेकपाको कार्यालय रहेको खबरले आफू दुःखी र अचम्मित भएको बताए ।उनले भनेका छन्, ‘हामी आश गर्छौं यस्तो गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउनेछ ।’

पासाङ ल्हामु प्रतिष्ठानलाई भोगचलनको अधिकार दिइएको सरकारी जग्गामा बसेको भवनमा नेकपाको कार्यालय छ ।