२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दलित बालबालिकाको विमानस्थलबाट उद्धार



अ+ अ-

जाजरकोट । डोल्पाको मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकाका सात बालबालिकालाई यहाँको विमानस्थलबाट उद्धार गरिएको छ । काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउनका लागि लैजाने तयारी गरिरहेका बेला विमानस्थल प्रहरीले उनीहरूलाई रोकेको हो ।

कानूनी प्रक्रिय पूरा नगरेर गुम्बाका लामा लोपसाङ फुन्चोक लामाले लैजान लागेको काइके गाउँपालिका–७ का दुई, ६ का चार र मुड्केचुला–७ का एक गरी सात बालबालिकाको उद्धार गरिएको विमानस्थल सुरक्षा प्रमुख कमल शाहले राससलाई जानकारी दिनुभयो ।

तिब्बतियन नागरिक फुन्चोकले लैजना लागेको सबै बालबालिका दलित समुदायका ९ देखि १३ वर्षसम्मका छन् । बौद्धको जोरपाटीमा रहेको गुम्बाको आधिकारिकताबारे जानकारी नभएसम्म जिल्लाबाट बाहिर बालबालिका लैजान नपाउने प्रजिअ मुकेशकुमार केशरीले बताउनुभयो ।