७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक रात डिसेम्बर ३० को सपना देख्ने गर्छु: मन्त्री भट्टराई



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध विमानस्थल आउँदो डिसेम्बर अन्त्यसम्म सञ्चालनमा आउने बताएका छन् । उनले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताए ।

लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

यता उनले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताए । विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए ।

भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह गरे । ‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’