५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन सडक कार्यालय पोखराका प्रमुख इञ्जिनीयरसहित दुई जना पक्राउ



अ+ अ-

कास्की । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जना पक्राउ परेका छन् ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद ९ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ ।

आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको पुष्टि गरे । सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ ।

प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताए ।




भर्खरै