९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुली बस दुर्घटना अपडेट : मृतक तीनजना एकै परिवारका, दुर्घटनाको कारण अझै खुल्न सकेन



अ+ अ-

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउदै गरेको बस त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ । शुक्रबार बिहान ४५ जना सवार ना.६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियार रहेका छन् । उनीहरू एकै परिवारका हुन्। तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ का हुन् ।

उक्त दृर्घटनामा अरु १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, सहचालकहरू प्रमोद चौधरी र ऋषी उप्रेती सवार थिए ।बस चालकका न विकको अवस्था गम्भीर छ ।उनि बोल्न सक्ने अवस्थामा छैनन् । उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भए पनि दुर्घटना कसरी भयो थाहा नभएको बताउँछन् ।

प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको धादिङका प्रहरीले जनाएको छ । अँध्यारोमा बस खसेको र नदीमा पानीको बहाव बढी भएकाले यात्रुलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा सवार यात्रु

बिष्णु गाउँपालिकाका खुश रंजन (९८६००८००६१), 
शिवनगरका मोहम्म मतलुङ (९८२३२८५७५३), 
अगर्वाका नविन कुमार महतो (९८१७६०५९९३्र), 
लक्ष्मीपुरका मनिष रायसहित २ जना (९८०७६३३२४१), 
बेल्हीका राकेश राउत (९८०७६४०३३५), 
भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना (९८०८२०४२८०), 
गम्हरियाका दिनेश ठाकुर (९८१८६५८७५०),
भारत पर्सा मोडका धीरेन्द्र शर्मा (९८६९६९२७५७), 
औरहीका रबि कुमारसहित ३ जना (९८६४५८७६१८),
भारतका अररियाका दिलिप दाससहित ३ जना (९८१८३०८२५०), 
मलंगवाका भुपेन्द्र कुमार (९८५४०३५५०५),
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना (९८४४०३३२९२),
मलंगवाका संजिव चौधरी (९८१७६३२५१४),
मलंगवाका अरिबन्द सिंह (वकिल) (९८५१०४४८२१),
मलंगवाका अनिष राय (९८१४८३७०६६), 
भारतका लरकवा रामबाबु यादवसहित ३ जना (९८४१६०१०५१),
भारतका कुवारीका अजय ठाकुरसहित २ जना (९८४९८०६७८५), 
मलंगवाका रोहित मण्डल (९८१६२८४५९८), 
मलंगवाका शमिम (९८१२१५७७७८),
मलंगवाका सुशिल श्रीवास्तव र अनिल (९८१५७२७७९९), 
गणेशियाका भाग्य नारायण महतोसहित ३ जना (९८००८९७९८०) 
हरिपुरका योगेन्द्र चौधरी (९८४५७०९२१९) र अमित लामा (९८६२५७८६५१)