१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्धः वनमन्त्री बस्नेत



अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । पशुपतिनाथ मन्दिर क्षेत्रमा शुक्रबार वृक्षारोपण गर्दै मन्त्री वस्नेतले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरिएको बताए ।

पशुपति क्षेत्र विकास कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए । उनले वातावरणीय दुस्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

भ–ूसंरक्षण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा समीलगायत विभिन्न प्रजातिका दुई सय बढी विरुवा रोपिएको थियो ।