१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

सन्दर्भ ब्याजदर: ब्याजदरलाई लिएर त्यति धेरै गुनासो छैन

सन्दर्भ ब्याजदर: ब्याजदरलाई लिएर त्यति धेरै गुनासो छैन
अ अ+ अ-

काठमाडौं । ब्याजदर निर्धारण तथा सिफारिस समितिको २०७६ श्रावण १६ गतेको निर्णय बमोजिम सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएको आधार र सामान्य भार समेतको आधारमा सन्दर्भ ब्याजदर तोकि २०७६ श्रावण १९ गतेबाट लागू भएको छ । धेरै सहकारीकर्मीहरू र जिल्ला संघहरूले सन्दर्भ ब्याजदरको विरोध गरिरहेका छन् ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले बचत तथा ऋण अभियान भित्र रहने संस्थाहरूको सन्दर्भ ब्याजदरलाई लिएर त्यति धेरै गुनासो नरहेको बताए । हाल लघुवित्तको काम गर्नेहरूलाई अलिकति समस्या रहेपनि सुझाव सल्लाह आएमा संशोधन गर्न सकिने उनले बताए ।

यता राष्ट्रिय सहकारी बैंक लिका अध्यक्ष के. बि. उप्रेतिले ब्याजदरको कुरालाई लिएर मिश्रित प्रतिक्रिया आएको बताए । उनले ब्याजदरको कुराहरू बाहिर आउँदा यथार्थ कुरा नआएकोले स्पष्ट नभएको बताए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष डि.बि. बस्नेतले कतिपय संस्थाहरूले अबदेखि यति ब्याजदर भयो भनेर सूचना निकालिसकेको पनि जानकारीमा आएको बताए । उनले कतिपयले राम्रो भयो भन्नेहरू पनि रहेको र कतिपय संस्थाहरूले ब्याजदर कम भयो भन्ने खालका कुराहरू गरिरहेका बताए ।कतिपयले नबुझेको कारणले पनि अस्पष्ट रहेको उनले बताए ।

त्यस्तै ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद महर्जनले सन्दर्भ ब्याजदरको बारेमा अझै अस्पष्टता रहेको बताए । उनले भने विभिन्न छलफल भैरहेको छ, कुनै न कुनै निष्कर्ष निस्किएला । किनभने कुनै पनि नीति नियम बनाउदा नै त्यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने हुन्छ ।

सरकारले बनाएको नीति नियम कार्यान्वयन पक्षले कार्यान्वयन नै गर्न नसक्ने हो भने त्यसको कुनै अर्थ नरहने उनले बताए ।बरू बढी ब्याजदर लिएका सहकारी संस्थाहरूमा अनुगमन, मुल्याङ्कन गरेर ब्याजदर कम गर्न सकिने उनले बताए । तर कतिपय पुरानो ऋणहरू र बचतलाई समायोजन गर्नको लागि समय लाग्ने उनको भनाइ थियो ।