७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्थालाई बोकेर हिँड्नु राप्रपाको संवैधानिक अधिकार होः अध्यक्ष थापा



अ+ अ-

धुलिखेल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिँड्नु राप्रपाको संवैधानिक अधिकार भएको बताएका छन्।

प्रशिक्षण विभागद्वारा धुलिखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ति समेत जनाए। थापाले पटक–पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता समेत प्रकट गरे।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले बताएका छन्। प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तह गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने न्यौपानेले बताए।