५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ प्रदर्शनकारीहरूद्वारा विमानस्थलको कक्षमै प्रदर्शन



अ+ अ-

काठमाडौं । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका हङकङका प्रदर्शनकारीहरू शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका । प्रशासनले भने प्रदर्शन अगावै विमानस्थलको सुरक्षा कडा बनाएको जनाएको छ । विमान कम्पनीहरूले यात्रुहरूलाई तोकिएको समय अगावै विमानस्थल आइपुग्न भनेका छन् ।

त्यहाँ पुगेका उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्ड आगन्तुकलाई वितरण गरेका थिए । प्रदर्शन विमानस्थलका अधिकारी र प्रहरीको समन्वयमा गरिएको दावी उनीहरुले गरेका छन् ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकविरुद्ध हङकङमा डेढ महिनादेखि आन्दोलन जारी छ । चीनले भने हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ । केही दिनअघि प्रदर्शनकारीले हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमै तोडफोड गरेका थिए ।

ब्रिटेनले हस्तान्तरण गरेपछि हङकङमा ‘एक देश दुई व्यवस्था’ अन्तर्गत स्वायत्त शासन चलिरहेको छ । चिनियाँ रक्षा मन्त्रालयले प्रदर्शनले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमा पार गरेको चेतावनी दिएको हो ।




भर्खरै