५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप–निर्वाचनका लागि ३४ मतदानस्थल



अ+ अ-

दाङ । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप–महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप–निर्वाचनको मिति तय गरेको छ ।

सत्र हजार मतदाता थपिए

दाङमा डेढ वर्षयता १७ हजार२१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको सङ्घीइ र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता थिए । हाल तीन लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिनुभयो ।




भर्खरै